logo
२०८१ मंसिर ७ शुक्रवार

  नेपाल र यूएईको प्रतिस्पर्धा  



विश्वकप छनोटको निर्णायक खेल केहीबेरमा

खेलकुद |


विश्वकप छनोटको निर्णायक खेल केहीबेरमा
तस्बिर सौजन्य क्यान


काठमाडौँ, फागुन १० गते। आईसीसी टी–२० विश्वकप छनोटको सँघारमा रहेको नेपालले केहीबेरमा यूएईसँग निर्णायक तथा अन्तिम युद्ध लड्दैछ। ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा ३:४५ बजे सुरु हुने खेलमा नेपाल यूएईलाई हराएर विश्वकपमा स्थान बनाउने तयारीमा छ।

यूएई पनि नेपाललाई हारएर विश्वकप छनोटको ढोका खोल्ने योजनामा छ। समूह चरणमा अपराजित रहेको नेपाल आफ्नो लय कायम राख्ने तरखरमा छ। नेपालले समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो। समूह चरणमा नेपालले आयोजक ओमानलाई ३९, फिलिपिन्सलाई एक सय ३६ रन र क्यानडालाई आठ विकेटले हराएको थियो।

यूएइर्ले समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भिडन्त पक्का गरेको हो। अर्को सेमिफाइनलमा आयोजक ओमान र आयरल्यान्ड भिड्दैछन्।

आजको खेलमा नेपालले यूएईलाई हराएमा नेपालले दोस्रो पटक विश्वकप खेल्ने निश्चित छ। यसअघि नेपालले सन् २०१३ मा छनोट चरण पार गरेर २०१४ मा बङ्गलादेशमा आयोजना भएको टी–२० विश्वकप क्रिकेट खेलेको थियो। आईसीसी टी–२० विश्वकप यसैवर्ष अष्ट्रेलियामा हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?