काठमाडौँ, फाल्गुन १४ गते । १० किलोमिटर दुरीको केटीएम रनको उपाधि केन्याका धावक सिमोन किप्लागेट र शसस्त्र प्रहरी बल (एपीएफ) की खेलाडी पुष्पा भण्डारीले जित्नुभएको छ । काठमाडौँमा शनिबार भएको प्रतियोगिता पुरुषतर्फ केन्याली खेलाडी सिमोन र महिलातर्फ भण्डारी च्याम्पियन बन्नुभएको हो ।
सिमोनले निर्धारित दुरी ३० मिनेट ५५.५७ सेकेन्ड र भण्डारीले ३६ मिनेट २०.२० सेकेन्डमा दौड पूरा गर्नुभउको थियो । विजेता दुवै उपाधिसँगै एक/एक लाख रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगितामा पुरुषतर्फ दुर्गाबहादुर बुढाले ३० मिनेट ५७.६० सेकेन्डको समय निकाल्दै दोस्रो र मुकेश पलले ३१ मिनेट २२.६३ सेकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो ।
महिलातर्फ एपीएफकी फुलमती राना ३७ मिनेट १४.०१ सेकेन्डको समय निकाल्दै दोस्रो र राममाया बुढा ३९ मिनेट ४२.०८ सेकेन्डमा दौड सक्दै तेस्रो हुनुभयो । दुवै स्पर्धाका उपविजेताले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो । विजेतालाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले पुरस्कार प्रदान गर्नुभयो । दरबारमार्गबाट सुरु भएको दौड, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, थापाथली, माईतिघर, बानेश्वर पुगेर पुनः सोही रुट हुँदै दरबारमार्ग पुगेर सककिएको थियो ।