काठमाडौँ, फाल्गुन १५ गते । एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली आइतबार जोर्डनको अम्मान प्रस्थान गरेको छ । फागुन १६ देखि चैत १ गतेसम्म हुने प्रतियोगिताको युथतर्फ पुरुष ५४ केजीमा छिरिङ वाङ्दी तथा ६० केजीमा इन्द्रबहादुर सुनारले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ ।
जुनियर महिलाको ५२ केजीमा स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्नुहुनेछ । गत संस्करणको जुनियरमा छिरिङ र स्वस्तिकाले कांस्य पदक जित्नुभएको थियो । प्रशिक्षकमा दीपक महर्जन हुनुहुन्छ । टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले आइतबार नै विदाई गर्नुभयो ।