logo
२०८१ मंसिर ७ शुक्रवार



राष्ट्रिय बिच भलिबलको तयारी

खेलकुद |


राष्ट्रिय बिच भलिबलको तयारी


काठमाडौँ, फाल्गुन १५ गते । सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता चैत २४ गतेदेखि हुने भएको छ । तीनदिने प्रतियोगिता पाल्पाको तानसेनस्थित रानीमहलमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघकी उपाध्यक्ष समेत रहेकी प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो ।

प्रतियोगितामा सात प्रदेश र विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १० टिम सहभागी हुनेछन् । एक टिममा दुई खेलाडी मात्र रहने छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । सहभागी टिमलाई यातायात, बसोवास, जर्सी, खेल सामाग्रीको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?