logo
२०८१ मंसिर ७ शुक्रवार



फेन्सिङमा बागमतीकी शिक्षा र सेनाकी सीतालाई स्वर्ण

खेलकुद |


फेन्सिङमा बागमतीकी शिक्षा र सेनाकी सीतालाई स्वर्ण


काठमाडौँ, फाल्गुन २१ गते । बागमती प्रदेशकी शिक्षा नापितले प्रथम बीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगितामा महिला ब्यक्तिगत सावरतर्फ स्वर्ण पदक जित्नुभएको छ । राखेप कभर्डहलमा शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा नापितले एपीएफकी उर्मिला लामालाई १५–९ अंकले पराजित गर्नुभयो । एपीएफकी शुक घिसिङ र सेनाकी मनिषा श्रेष्ठले कांस्य पदकमा चित्त बुझाउनुभयो ।

महिला इपीतर्फको फाइनल खेलमा सेनाकी सीता पाठकले र एपीएफकी जानुका स्याङ्तानलाई १५–१२ अकंले हराउँदै स्वर्ण जित्नुभयो । एपीएफकी अनिता कार्की र नेपाली सेनाकी इन्दिरा पौडेलले कांस्य पदक प्राप्त गर्नुभयो ।

बीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल फेन्सिङ संघको संयुक्त आयोजनमा जारी तीनदिने प्रतियोगितामा विभागीय टोलीको नेपाली सेना र एपीएफ क्लबसहित ६ टोलीको एक सय १४ खेलाडीले १२ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको वीर गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष नेपाली काँग्रेसका नेता प्रकासमान सिंहले उद्घाटन गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?