काठमाडौँ, फागुन २२ गते । तार्केश्वर नगरपालिकाले प्रथम अन्तर नगर कराते प्रतियोगिता उपाधि जित्न सफल भएको छ । कूल पाँच स्वर्ण दुई रजत र तीन कांस्य जित्दै तार्केश्वोर नगरपालिका टिम च्याम्पियन बनेको हो ।
वादोकाइ कराते डो संघ नेपालको आयोजना र तार्केश्वोर नगरपालिकाको सहयोग रहेको प्रतियोगितामा निलकन्ठ नगरपालिका चार स्वर्ण तीन रजत र चारकांस्य सहित दोस्रो भयो । तेस्रो स्थानमा नागर्जुन नगरपालिकाले एक स्वर्ण, एक रजत र तीन कांस्य हात पारे ।
काठमाडौँको ऐतिहासिक नगरी मनमैजुमा भएको दुई दिने प्रतियोगिताको पुरुषमा निलकन्ठ नगरपालिकाका बवजय श्रेष्ठ र महिलामा तारकेश्वोर नगरपालिकाका एरिका गुरुङ उत्कृष्ट खेलाडी हुनुभयो । दुवै जनाले जनही पाँच हजार रुपियाँ पुरस्कार पाउनुभयो । उदीयमान खेलाडि पुरुषमा धनकुटाका रिकेश भन्डरी र महिलामा गोलबजारका प्रनिशा साहीठकुरी चुनिनुभयो ।
बुढानिलकण्ठ नगरपालिकाकाले अनुशासित टिमको उपाधि चुम्यो । प्रतियोगितामा २७ नगरपालिकाबाट एक सय ९० खेलाडीले १४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । विजेतालाई तारकेश्वर नगरप्रमुख रामेश्वोर बोहोरा, वादोकाइ कराते डो संघ नेपालका अध्यक्ष सुशीलकुमार श्रेष्ठलगायतले पुरस्कार प्रदान गर्नुभयो ।