logo
२०८१ मंसिर ८ शनिवार



तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

खेलकुद |


तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु


नारद कोहार
तौलिहवा, फागुन २६ गते । कपिलबस्तुको महाराजगंज नगरपालिकामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु भएको छ । विहीबारबाट सुरु भएको सो प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगितामा नगरका सामुदायिक र निजी गरी १२ विद्यालयका खेलाडीले भाग लिएका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथ्लेटिक्स अन्तर्गत महिला पुरुष दौडलगायतका खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको पहिलो दिन विद्यार्थीले मार्च पास गरेका छन् । सो अवसरमा बोल्दै नगरप्रमुख अब्दुल कलामले खेलकुद स्वास्थ्यसँग सम्बन्धित भएकाले नगरपालिकाले खेलकुदलाई विशेष महत्व दिएको बताउनुभयो । खेलकुद राष्ट्रको समृद्धिसँग जोडिएको भन्दै खेलकुदले देशको अर्थतन्त्रको पनि विकास गरेको उहाँले बताउनुभयो ।

विद्यार्थीको शैक्षिक बिकासका लागि मात्र नभई शारीरिक बिकासमा जोड दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो “नगरभित्रका खेलकुद प्रतिभाको खोजि गर्दै संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी राष्ट्रनिर्माण र खेल विकासमा खेलाडिको भुमिका सवल हुनेछ ।” प्रतियोगिताको उदघाटन कार्यक्रमको अवसरमा विद्यार्थीले सांस्कृतिक नृत्य प्रदर्शन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?