logo
२०८१ मंसिर ८ शनिवार



स्क्वास राकेट्स संघ १३औँ साधारण सभा सम्पन्न

खेलकुद |


स्क्वास राकेट्स संघ १३औँ साधारण सभा सम्पन्न


काठमाडौँ, फागुन २८ गते । नेपाल स्क्वास राकेट्स संघका अध्यक्ष किशोर महर्जनले आगामी वर्ष राष्ट्रियसहित स्क्वासका छ प्रतियोगिता आयोजना गर्ने योजना रहेको बताउनुभएको छ । नेपाल स्क्वास राकेट्स संघको १३औँ वार्षिक साधारण सभामा अध्यक्ष महर्जनले कोभिड महामारीका कारण पछिल्ला दुई वर्ष नेपालमा स्क्वासको खासै प्रतियोगिता हुन नसकेको तर आगामी वर्ष स्क्वास सक्रिय हुने भनाई राख्नुभयो ।

उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको प्रशिक्षण सञ्चालन गर्ने मात्र नभई अन्य खेलका खेलाडीलाई पनि स्क्वास खेल्न प्रेरित गर्नेछौँ, भन्नुभयो । अध्यक्ष महर्जनले आगामी वर्षको वार्षिक प्रतिवेदन पनि पेश गर्नुभयो । यसैगरी, कोषाध्यक्ष रुपकदास ताम्राकारले यस आर्थिक वर्षको आयव्यय विरण र आगामी आर्थिक वर्षको अनुमानित वजेट प्रस्तुत गर्नुभयो ।

स्क्वास संघका सल्लाहकार धु्रवबहादुर गुरुङले स्क्वास अनुपम खेल हो भन्नुहुँदै नेपालमा यस खेलको राम्रो पूर्वाधार रहेपनि खेलाडी सङ्ख्या न्यून भएको हुँँदा स्क्वास एकेडेमी स्थापना गरेर स्क्वास खेलाडी उत्पादन गर्नुपर्ने धारणा राख्नुभयो । राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि राजेश श्रेष्ठले साधारण सभाको सफलताको कामना व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?