logo
२०८१ जेष्ठ ५ शनिवार



मुख्यमन्त्री कप भलिबलको ट्रफी सार्वजनिक

खेलकुद |


मुख्यमन्त्री कप भलिबलको ट्रफी सार्वजनिक


धनगढी, चैत ५ गते । कैलालीको धनगढीमा सोमबारदेखि सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो ।

परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल लु्म्बिनी प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीबीच हुनेछ । सिंहले प्रतियोगिताको तयारी पनि पूरा भएको बताउनुभयो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले ५० हजार रुपियाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपियाँ प्रदान गरिनेछ ।

यसैगरी उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपियाँबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’ लाई १५ सय रुपियाँ प्रदान गरिने बताइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?