logo
२०८१ जेष्ठ ५ शनिवार



कृष्ण पुनलाई हुन्डाई गल्फ उपाधि

खेलकुद |


कृष्ण पुनलाई हुन्डाई गल्फ उपाधि


काठमाडौँ, चैत ५ गते । हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार भएको प्रतियोगितामा पुनले ४३ अंक बनाउनुभयो । स्टेबलफर्ड ३/४ ह्यानन्डीक्याप विधामा खेलाईएको प्रतियोगितामा पुनले समान ४३ अंक बनाउनुभएका बाबु पौडेललाई काउन्ट ब्याकका आधारमा पछि पार्नुभएको थियो ।

३६ अंक बनाउनु भएका तासी दोङले बेस्ट ग्रोसको उपाधि जित्नुभयो । सिनियर (६० बर्षमाथि) को पुरस्कार नरेन्द्र रावलले जित्नुभयो । उहाँले ३८ अंक बनाउनुभएको थियो । महिलातर्फ ३८ अंक जोड्दै प्रतिभा राई पहिलो र कस्मिरा शाह दोस्रो हुनुभयो ।

हुन्डाई कार वनरतर्फ ३७ अंक जोड्दै श्याम सिंखडा च्याम्पियन बन्नुभयो । वानचेन ढोन्डुपले क्लोजेस्ट टु दि पिन, दावा जे शेर्पाले लङ्गेस्ट ड्राइभ र नोर्बु शेर्पाले मोस्ट बर्डीको पुरस्कार प्राप्त गर्नुभयो । प्रत्येक विधाका विजेतालाई आकर्षक ट्रफी र उपहार प्रदान गरियो । एक दिने प्रतियोगितामा एक सय ५५ जना एमेच्योर गल्फरको सहभागिता रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?