logo
२०८१ जेष्ठ ५ शनिवार



दिनेश र रुबिका च्याम्पियन

खेलकुद |


दिनेश र रुबिका च्याम्पियन


काठमाडौँ, चैत ७ गते । नेपाल आर्मीका दिनेश बुढा मगर र बाग्मती प्रदेशकी रुबिका खड्का जिपी कोइराला स्मृति प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन बन्नुभएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको पुरुष ५५–६३ केजी फाइनलमा दिनेशले आफ्नै विभागका प्रमोद साहुलाई पराजित गर्नुभयो । आर्मीकै प्रेम मगर तेस्रो हुनुभयो । सेमिफाइनलमा दिनेशले बाग्मतीका निर्मल तामाङ तथा प्रमोदले आर्मीका प्रेम मगरलाई हराउदै उपाधि भिडन्त पक्का गर्नुभएको हो ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ ९एनआईटीएफ० को सहकार्यमा गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको प्रतियोगिताको महिला ४७–५५ केजी उपाधि भिडन्तमा रुविकाले आर्मीकी हिमा खड्कालाई पाखा लगाउनुभयो । लुम्बिनी प्रदेशकी तेरिया सापकोटाले तेस्रो स्थानमा चित्त बुझाउनुभयो ।

पुरुषरमहिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः पाँच सय, तीन सय र दुई सय अमेरिकी डलर पुरस्कारसहित गिफ्ट ह्याम्पर पाउनुभयो । ्विजेतालाई खानेपानी मन्त्री उमाकान्त चौधरी, राष्ट्रिय खेलकुद परिाषद् ९राखेप० का उपाध्यक्ष शिव कोइराला, आईटीएफका अध्यक्ष अन्जन धमलालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?