logo
२०८१ जेष्ठ ५ शनिवार



मुख्यमन्त्री कप भलिबल : सुदूरपश्चिम र आर्मीको विजयी सुरुवात

खेलकुद |


मुख्यमन्त्री कप भलिबल : सुदूरपश्चिम र आर्मीको विजयी सुरुवात


धनगढी, चैत ७ गते । ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मी र दोस्रो खेलमा घरेलु टोली सुदूरपश्चिम विजयी भयो ।

आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो । आर्मीले कर्णालीलाई २५–१८,२५–१०, २५–१६ को सेटमा हराएको हो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशलाई ३–० को सेटमा पन्छायो । सुदूरपश्चिमले २५–१७, २५–२२, २५–२२ को जित निकालेको थियो ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा सुरु भएको प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नुभयो । चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टोलीले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपियाँसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?