logo
२०८१ जेष्ठ ५ शनिवार



बागमती प्रदेश खेलकुदमा सन्तोषीलाई स्वर्ण

खेलकुद |


बागमती प्रदेश खेलकुदमा सन्तोषीलाई स्वर्ण


काठमाडौँ, चैत ७ गते । धादिङकी सन्तोषी श्रेष्ठले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा सोमबार स्वर्ण जित्नुभएको छ । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सन्तोषीले निर्धारित दूरी १९ मिनेट ४०.९ सेकेन्डमा पूरा गर्नुभयो ।

उक्त स्पर्धाको पुरुषमा सिन्धुपाल्चोकका विश्वराम कुँवर पहिलो हुनुभयो। उहाँले १७ मिनेट १९.१ सेकेन्डमा दौड सक्नुभएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएक प्रतियोगितको ८ सय मिटर दौडको पुरुषमा चितवनका अमृत बोट तथा महिलामा दोलखाकी अन्जु खड्का पहिलो हुनुभयो ।

४ गुणा १ सय मिटर रिलेको पुरुषमा चितवन तथा महिलामा भक्तपुरले स्वर्ण जित्नुभयो । लङजम्पको पुरुषमा चितवनका सुजितकुमार महतो तथा महिलामा ललितपुरकी लुजला अमात्यले शीर्ष स्थान कब्जा गर्नुभयो । ज्याभ्लिन थ्रोको पुरुषमा सिन्धुपाल्चोकका मिङमार शेर्पा तथा महिलामा रामेछापकी कृतना खड्का पहिलो हुनुभयो ।

क्रिकेटमा मकवानपुर च्याम्पियन

पुरुष टी– २० क्रिकेटमा मकवानपुरले धादिङलाई ३२ रनले पराजित गर्दै उपाधि जित्यो । तेक्वान्दोको अन्तिम दिन पुरुष ८० केजीमुनि भक्तपुरका किरण सितिकु र महिला ५७ केजीमुनि सिन्धुपाल्चोककी सुस्मिता मोक्तानले स्वर्ण जित्नुभयो ।

करातेमा सुमिता र रिहानलाई स्वर्ण

नुवाकोटकी सुमिता तामाङ र काठमाडौँका रिहान जाबेदले प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत करातेको एकल कातामा स्वर्ण जित्नुभएको छ । महिलातर्फ सुमिताले चितवानकी परजिस्मा श्रेष्ठलाई पराजित गदै स्वर्ण जित्नुभयो । एकल कातामै काठमाडौँकी सन्जु देसार र काभ्रेकी मिना बोलन तेस्रो हुनुभयो ।

चौताराको आहालडाँडा छापस्थित सेमिकभर्ड हलमा भएको महिला तथा पुरुषतर्फको टिम कातामा काठमाडौँले बाजी मारेको थियो । महिलातर्फ निता आचार्य, सन्जु देसार र मुना शाक्यको कुसलतापूर्वक काता प्रर्दशनले उपाधि जित्न सफल हुनुभयो । पुरुषतर्फ मनिस कार्की, राजकुमार कार्की र अमृत ठकरको टिमले स्वर्ण चुम्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?