logo
२०८१ जेष्ठ ५ शनिवार



सेना, प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी

खेलकुद |


सेना, प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी


काठमाडौँ, चैत ८ गते । गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा विराटनगरमा सुरु भएको छ । मंगलबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, प्रदेश १ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले बाग्मती प्रदेशलाई १४–० को फराकिलो गोलअन्तरमा पराजित गरेको छ । सेनाका रोमन रानाले ६ गोल, सुमितकुमार कामीले ५ गोल र राजेन्द्र कार्कीले २ गोल गर्नुभयो । खेलको म्यान अफ दि म्याच सेनाका सुमितकुमार कामी हुनुभयो ।

दोस्रो खेलमा प्रदेश १ ले मधेस प्रदेशलाई १–० गोलअन्तरमा पराजित गरेको छ । खेलको एक मात्र निर्णायक गोल प्रदेश १ का कृष्ण तामाङले गर्नुभयो । खेलको म्यान अफ दि म्याच प्रदेश १ का नरेश थापामगर हुनुभयो । अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई २–० गोलमा पराजित गरेको छ । सुदूरपश्चिमका लागि दीपकराज जोशी र गणेश खगुनाले एक एक गोल गर्नुभयो । खेलको म्यान अफ दि म्याच सुदूरपश्चिमका गणेश खगुना हुनुभयो ।

प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले १५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । चैत १२ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?