logo
२०८१ जेष्ठ ५ शनिवार



राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनप्रकाश मावि पहिलो

खेलकुद |


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनप्रकाश मावि पहिलो


राजन रावत
हुम्ला चैत ९ गते । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा विद्यालय स्तरका सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनप्रकाश माध्यमिक विद्यालय पहिलो भएको छ । गाउँपालिकाका चार वटा विद्यालयलाई उछिन्दै सो विद्यालय पहिलो भएको हो ।

ऐथलेष्टिक र भलिबल गरी तेह्र वटा विधामा सञ्चालन भएको प्रतियोगितामा उक्त विद्यालय पहिलो भएको गाउँपालिकाका शिक्षा शाखामा प्रमुख जयरुद्र ढकालले बताउनुभयो । चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा द्वितीय स्थानमा चन्द्रप्रकाश र तृतीय स्थानमा धर्मोदय मावि हुन सफल भएका थिए ।

एउटा विद्यालयबाट ४५ जना खेलाडीले सहभागिता जनाएको सो प्रतियोगितामा १८० जना विद्यार्थीको सहभागिता थियो । प्रथम, द्वितीया र तृतीया हुने टिमले क्रमशः पन्द्र, दश र पाँच हजार नगदसहित पदक, प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो । विजेता खेलाडी तथा टिमलाई गाउँपालिका अध्यक्ष बाग्दल मल्लले प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा एथलेष्टिकतर्फ छात्रतर्फ धर्मराज निसा र छात्रातर्फ सुन्तली रिठान उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो । सो प्रतियोगितबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि ऐथलेष्टिक, भलिबल प्रतियोगिताका लागि खेलाडी छनौट हुनुभएको छ ।

कोरोना सङ्क्रमणले दुई वर्षदेखि बन्द हुँदै आएको उक्त प्रतियोगिता ताँजाकोटले पहिलो पटक सञ्चालन गरेको छ । अब अन्य गाउँपालिकालाई पनि सो प्रतियोगिता सञ्चालन गर्न दबाब पर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?