logo
२०८१ जेष्ठ ५ शनिवार



पुलिस र आर्मी सेमिफाइनलमा

खेलकुद |


पुलिस र आर्मी सेमिफाइनलमा


धनगढी, चैत ९ गते । कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन् । बुधबार भएको पहिलो खेलमा आर्मीले प्रदेश १ लाई ३–० को सोझो सेटमा हरायो । आर्मीले २५–१७, २५–२१, २५–९ को सेटमा हराएको थियो । ‘म्यान अफ दि म्याच’ आर्मीका दुर्गा खड्का हुनुभयो ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले स्तब्ध बनायो । पुलिसले २५–८, २५–९, २५–१५ को जित निकालेको हो । खेलका ‘म्यान अफ दि म्याच’ पुलिस क्लबका हिम राना हुनुभयो । अर्को खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–१ को सेटले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ । सुदूरपश्चिमले २५–१६, २५–२३, १६–२५, २५–२२ को जित निकालेको हो । ‘म्यान अफ दि म्याच’ सुदूरपश्चिमका सन्तोष महता हुनुभयो ।

चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो हुनेले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार अन्य उत्कृष्ट विधाका खेलाडी तथा प्रशिक्षकलाई जनही १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?