logo
२०८१ जेष्ठ ५ शनिवार



राष्ट्रब्यापी ब्याडमिन्टन : रिभाईभका प्रिन्स अन्तिम १६ मा

खेलकुद |


राष्ट्रब्यापी  ब्याडमिन्टन : रिभाईभका प्रिन्स अन्तिम १६ मा


काठमाडौँ, चैत १० गते । रिभाईभका प्रिन्स दाहाल प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को अन्तिम १६ मा स्थान बनाउन सफल हुनुभएको छ । बिश्व जुनियर नम्बर १ खेलाडी प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१–३, २१–११ को सहज जित निकाल्नुभयो । भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको च्याम्पियनसिप अन्तरगत भएको खेलमा राष्ट्रिय च्याम्पियन दिपेश धामी पनि अन्तिम १६ मा स्थान बनाउन सफल भए ।

एपीएफका धामीले काठमाडौँ ब्याडमिन्टन एकेडेमीका बविश थापामाथि २१–७, २१–८ को सहज जित निकाल्नुभयो । अन्य खेलमा पुलिसका सुनिल जोशीले सेनाका डेभिड थापा मगरलाई २१–१५, २१–८, सेनाका प्रफुल महर्जनले कपिलबस्तुका अभय महरालाई २१–८, २१–६, सेनाकै पविन लिनथेपले काभ्रेका अंकित भक्त भोछेभ्यलाई २१–९, २१–७, पुलिसका जीवन आचार्यले एपीएफका रोशन साउदलाई २१–१२, २१–१६, बिबिसीका आयुश प्रजापतीले भक्तपुरका लक्ष्मी नारायण सुवाललाई २१–१०, २१–११, एनजेसी डल्लुका स्वर्य मानन्धरले गठ्ठाघर स्पोर्टसका बिवेक भट्टराईलाई २१–९, २१–१८, कालिका बिसीका सुदीप सेढाईले धन्यन्तरीका बिकास कटुवाललाई २१–१२, २१–८, पुलिसका पूर्णबहादुर थापाले एपिएफका सुमन लिम्बुलाई २१–१९ को समान अन्तरले, सेनाका नविन श्रेष्ठले १६ फिदरका क्षितिज खनाललाई २१–१२, २१–१४, पुलिसका हिरा राईले एनजेसी डल्लुका अर्ब तुलाधरलाई २१–७ को समान अन्तरले, सेनाका रुकेश महर्जनले भक्तपुरका रिसोद सुवाललाई २१–९, २१–८ तथा एपीएफका देवराज रानाले सेनाका बिवेक चौधरीलाई १४–२१, २१–११, २१–१६ ले हराउनुभयो ।

च्याम्पियनसिपको महिला एकलतर्फ बिश्व जुनियरको युगल तर्फ उच्च सातमा रहन सफल रशिलाले एनआरएनकी सानिया चन्दलाई पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाउनुभयो । सेनाकी रशिलाले चन्दमाथि २१–१६, २१–९, सेनाकी अमिता गिरीले भक्तपुरकी सुभेक्षा श्रेष्ठलाई २१–८, २१–४, सेनाकी प्रार्थना देउवाले एपीएफकी शोभा गौचनलार्इ २१–७, २१–१०, भोजपुरकी सिता राईले बेलटार ब्याडमिन्टन एकेडेमीकी रोजी राईलाई २१–१७, २१–१५, पुलिसकी निता लम्सालले काठाडमौँ ब्याडमिन्टन एकेडेमीकी अन्जली लिम्बुलाई २१–१०, २१–३, एपीएफकी जेशिका गुरुङले सेनाकी रोज पाण्डेलाई २१–१६, २१–१४, एपीएफकी सुनयना मुखियाले सेनाकी प्रेक्षा राईलाई २०–२२, २१–१०, २१–१४ तथा सेनाकी अनुमाया राईले १६ फिदरकी रिहाना शेरचनलाई २१–५, २१–८ ले हराउँदै अन्तिम आठमा स्थान बनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?