logo
२०८१ बैशाख २३ आईतवार



सिस्नेमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड

खेलकुद |


सिस्नेमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड


रुकुम, चैत १० गते । रुकुम पूर्वको सिस्ने गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । बिहिबार पूर्व खेलकुद मन्त्री तथा प्रतिनिधि सभा सदस्य कमला रोकाले एक कार्यक्रमबीच सिस्ने गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री रोकाले खेलकुदको माध्यमबाट राष्ट्र विकासमा योगदानमा पु¥याउन अनुरोध गर्नुभयो । राष्ट्रको हितका लागि खडा हुनसक्ने खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताउँनुहुँदै उहाँले खेलाडीले आफ्नो लागि मात्र नभएर समग्र देशको समृद्धिको लागि सपना देख्नुपर्ने उल्लेख गर्नुभयो ।

‘देशले गर्व गर्न लायक खेलाडि बन्नुपर्छ,’ कार्यक्रममा पूर्वमन्त्री रोकाले भन्नुभयो, ‘खेलाडिलाई राज्यको तर्फबाट प्रोत्साहन हुनुपर्छ । ’ उहाँले आफु खेलकुद मन्त्री हुँदा सुरु गरेका कार्यहरु अझै पुरा गर्न नसकेको भन्दै राज्यले खेलाडीको प्रोत्साहन तथा उत्थानको लागि नविन कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

सिस्ने गाउँपालिकाद्वारा आयोजित रनिङ शिल्ड आगामी १२ गतेसम्म सन्चालन हुने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिङ बुढाले जानकारी दिनुभयो । खेलकुद कार्यक्रम गाउँपालिकाको वडा नम्बर ५ स्थित रुक्मिणी माविको खेल मैदानमा सुरु भएको हो । कार्यक्रममा विभिन्न बिधामा खेलकुद प्रतियोगिता हुने जनाईएको छ । छात्र र छात्रा भलिबल, एथलेटिक्स, दौड, ज्याबलिङ थ्रो, सट्फुट लगायतका प्रतियोगिता सन्चालन हुने शाखा प्रमुख बुढाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?