logo
२०८१ बैशाख २३ आईतवार



आर्मीलाई मुख्यमन्त्री कप भलिबल उपाधि

खेलकुद |


आर्मीलाई मुख्यमन्त्री कप भलिबल उपाधि


धनगढी, चैत १२ गते । त्रिभुवन आर्मी क्लबले ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि जितेको छ । कैलालीको धनगढीमा शनिबार भएको फाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हरायो । आर्मीले २५–२३, २५–२०, १८–२५, २५–२२ ले हरायो ।

उपाधिसँगै आर्मीले चार लाख रुपियाँ पुरस्कार पायो । पुलिसले दुई लाख रुपियाँमा चित्त बुझायो । यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले विभागिय टोली एपीएफलाई ३–१ को सेटले हरायो । तेस्रो भएको गण्डकीले एक लाख र चौथो भएको एपीएफले ५० हजार रुपियाँ पुरस्कार पायो ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आर्मीका मानबहादुर श्रेष्ठ हुनुभयो । उहाँले १५ हजार रुपियाँ पाउनुभयो । उदयमान खेलाडी सुदूरपश्चिमका दिनेश चन्द, उत्कृष्ट लिफ्टर आर्मीका हरिहजुर थापा, उत्कृष्ट स्पाइकर नेपाल पुलिस क्लबका रविन चन्द, उत्कृष्ट ब्लकर आर्मीका हरि अधिकारी, उत्कृष्ट डिफेन्सर गण्डकीका राजन दर्लामी, उत्कृष्ट सर्वर नेपाल पुलि क्लबका इम रानामगर र उत्कृष्ट प्रशिक्षक आर्मीका जगतबहादुर सिंह हुनुभयो ।

उत्कृष्ट सबैले जनही १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगितामा तीन विभागिय र ६ प्रदेश गरी नौ टोलीको सहभागिता थियो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रतियोगिताका विजेता खेलाडीलाई सुदूरपश्चिमका सामाजिक विकासमन्त्री लालबहादुर धामीेलगायतले पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत शाहसहित आठ जनालाई सम्मान गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?