logo
२०८१ बैशाख २५ मंगलवार



प्रधानमन्त्री कप भलिबल : हरियाणा र आर्मी सेमिफाइनलमा

खेलकुद |


प्रधानमन्त्री कप भलिबल : हरियाणा र आर्मी सेमिफाइनलमा


नेपालगन्ज, चैत १२ गते । आठौँ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनल भिडन्त रोचक हुने भएको छ । हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लब आआफ्नो समुहबाट विजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिबार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७, १५–१३ को सोझो सेटमा हरायो । हरियाणा समूह ‘ए’ विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा हरियाणाले न्यु डायमन्ड एकेडेमीसँग खेल्नेछ । शनिबारनै भएको अर्को खेलमा आर्मीले भारतीय टिम एकलव्य स्पोर्ट्स कम्प्लेक्सलाई २५–१२, २५–१२, १५–१२ को सेटमा हरायो ।

आर्मी समूह ‘बी’ को विजेता बन्यो । आर्मीले सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल सोमबार हुनेछ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख र चौथो हुनेले ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?