logo
२०८१ बैशाख २६ बुधवार



दोस्रो कर्णबहादुर स्मृति कपमा जदाह भेट्रान क्लब विजयी

खेलकुद |


दोस्रो कर्णबहादुर स्मृति कपमा जदाह भेट्रान क्लब विजयी


लीला झापाली
बिर्तामोड, चैत्र १३ गते । झापाको शिवसताक्षीमा जारी दोस्रो कर्णबहादुर स्मृति अन्तराष्ट्रिय भेट्रान कप फुटवलको उपाधी जदाह भेट्रान क्लब मोरङले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा धरान भेट्रान क्लब सुनसरीलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै जदाह भेट्रान क्लबले उपाधि हात पारेको हो । उपाधिसँगै जदाह क्लबले नगद ७५ हजार रुपियाँ प्राप्त गरेको छ । उपविजयी टिम धरानले नगद ४५ हजार रूपियाँ प्राप्त गरेको छ ।

खेलमा दुवैले ३ गोल गरेपछि खेलको निर्णय ट्राइब्रेकरमा गरिएको हो । खेलको उत्कृष्ट गोलरक्षक देवकान्त सिंह, सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता जदाहका खेलाडी डेमिन राई हुनुभयो । उहाँहरुले जनही नगद आठ हजार रूपियाँ प्राप्त गर्नुभयो ।

विजयी र उपविजयीलाई सङ्घीय सांसद एलपी साँवा लिम्बूले ट्रफी तथा प्रमाणपत्र प्रदान गर्नुभयो । शिवसताक्षीको दूधे रङ्गशालामा सञ्चालित प्रतियोगितामा भारतको एक टिम र नेपालका सात टिमले प्रतिस्पर्धा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?