logo
२०८१ बैशाख २५ मंगलवार



सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको उपाधि धरान १५ लाई

खेलकुद |


सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको उपाधि धरान १५ लाई


निशा राई
धरान, चैत १३ गते । स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

धरान १६ स्थित रङ्गशालमा शनिबार भएको स्वर्गीय सुवास राई स्मृति सुपर ८ लिग फुटबल प्रतियोगिताको उपाधी धरान –१५ ले जितेको छ । फाइनल खेलमा वडा ११ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा १५ ले उपाधी जितेको हो ।

विजयी टोलीलाई सञ्चार तथा सुचना प्रविधिमन्त्री कार्कीले नगद २ लाख रुपियाँ र ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । “खेलकुदले हाम्रो सामाजिक एकता सदभाव र राष्ट्रिय एकतालाई अभिवृद्धि गर्छ । खेलमा जुन अनुशासनको पालना गर्छौ त्यो समाजमा र जिवनमा अनुशासनको पालना गरेमा सभ्य र सुन्दर समाजको निर्माण हुन्छ” उहाँले भन्नुभयो ।

विकसित मुलुकमा लोकतन्त्र र अनुशासान प्रमुख कडिको रुपमा रहेको चर्चा गर्नुहुँदै मन्त्री कार्कीले त्यसको मनन गर्दै अघि बढ्न खेलाडीलाई आग्रह गर्नुभयो । उपविजेता धरान ११ टोलिलाई नगद १ लाख रुपियाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताको सेमिफाइनमा पुगेका टिमलाई पनि पुरस्कार दिने घोषणा धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गर्नुभयो ।

खेलको १३ औं मिनेटमा वडा १५ का वसन्त बानियाँले उत्कृष्ट गोल गर्नुभएको थियो । ५० औं मिनेटमा पेनाल्टीमा वडा १५ का मदन लाबुङले गोल गर्दै टिमलाई विजयी गराउनुभएको थियो । प्रतियोगितामा प्रवीण लिम्बू उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर गुम जिमी, उत्कृष्ट प्रशिक्षक जुदास राई, फाइनल खेलको म्यान अफ द म्याच वसन्तकुमार बानिया, उत्कृष्ट डिफेन्स अजय विष्ट र उत्कृष्ट स्ट्राइकर वर्तमान राईलार्ई नगद ५ हजार रुपियाँसहित मेडल प्रदान गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?