logo
२०८१ बैशाख २५ मंगलवार



तेक्बान्दाे रेफ्रीहरूकाे सेमिनार सम्पन्न

खेलकुद |


तेक्बान्दाे रेफ्रीहरूकाे  सेमिनार  सम्पन्न


काठमाडौँ, चैत १३ गते । अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को आयोजनामा अन्तर्राष्ट्रियस्तरको दुई दिने निःशुल्क अनलाइन रेफ्री सेमिनार सम्पन्न भएको छ ।

अमेरिकाको पोर्टल्याण्डमा रहेको आइओएफटिसीले सेमिनार सञ्चालन गर्नका लागि पुम्से विधाका विज्ञ अन्तर्राष्ट्रिय निर्णायक तथा विश्व तेक्वानदो पुम्से कमिटिका सदस्य ग्राण्ड मास्टर रेमण्ड सु र गेरुगी (फाईट) विधाका विज्ञ अन्तर्राष्ट्रिय निर्णायक तथा अमेरिकन तेक्वान्दो कमिटिका उप–सभापति मास्टर एन्जेला हम्मेल डेओलिभेरालाई नियुक्त गरेको थियो ।

आईओएफटिसी प्रधान कार्यालयका बोर्ड डिरेक्टर ग्रान्डमास्टर दिवाकर महर्जनले दुई महिनापछि मिचिगनमा हुने १३औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिताको पूर्वसन्ध्यामा सम्पन्न भएको यस सेमिनारमा ३० देशका पुम्से र गेरुगी (फाईट) विधाका १९१ जनाको सहभागिता रहेको जानकारी गराउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?