logo
२०८१ बैशाख २५ मंगलवार



कृष्णप्रसाद भट्टराईको स्मृतिमा कराते प्रतियोगिता

खेलकुद |


कृष्णप्रसाद भट्टराईको स्मृतिमा कराते प्रतियोगिता


काठमाडौँ, चैत १३ गते । नेपाल सितोरियो संघको आयोजनामा चैत २४ देखि कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित कराते हलमा हुने प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ ११ तौल समूहमा प्रतिस्पर्धा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

प्रतियोगिता पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजना गर्न लागिएको हो । तीन दिने प्रतियोगितामा महिला एक सय र पुरुष एक सय १० खेलाडीले २१ स्वर्ण पदक, २१ रजत पदक र ४२ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजक सितोरियो संघले जानकारी दिएको छ ।

चीनमा हुने आसन्न १९औँ एसियाली खेलकुदकोलागि प्रारम्भिक तयारी समेत हुने गरी गर्न लागिएको यस प्रतियोगिताको विजेतालाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । महिला र पुरुष सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने बताईएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?