logo
२०८१ बैशाख २३ आईतवार



गोपाललाई अमेरिकामा अर्को पदक

खेलकुद |


गोपाललाई अमेरिकामा अर्को पदक


काठमाडौँ, चैत १४ गते । नेपाली खेलाडी गोपाल भण्डारीले ४३औँ नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जित्नुभएको छ । मेरिकोको भर्जिनियामा आयोजना भएको च्याम्पियनसिपमा गोपालले सोमबार ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जित्नुभएको हो । यस स्पर्धामा नौ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

गोपालले एभरेष्ट वल्र्ड क्लास क्लास तेक्वान्दो डोजाङबाट प्रतिनिधित्व गर्नुभएको हो । अमेरिकाकै पुरानो मानिने च्याम्पियनसिपमा एभरेष्ट र हिमालयन तेक्वान्दो डोजाङबाट नेपाली मुलका ५० जना खेलाडी, ६ जना रेफ्री र सात जना प्रशिक्षक सहभागी थिए । गोपालले गत साता पनि अमेरिकाको डालस फोर्ट वर्थ ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको थियो ।

अमेरिकाको टेक्सास राज्यको डालस फोर्ट वर्थ कन्भेन्सन सेन्टरमा आयोजना भएको च्याम्पियनसिपमा गोपालले यू–४० उमेर समूहको रेगुलर पुम्सेमा विभिन्न देशका सात राष्ट्रका खेलाडीलाई पछि पार्दै उहाँले स्वर्ण जित्नुभएको थियो । गोपाल आगामी जुलाई १ र २ तारिखमा आयोजना हुने अन्तर्राष्ट्रिय कुकिवान प्रेसिडेन्ट कपमा पनि नेपालको तर्फबाट सहभागी बन्नुहुनेछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?