logo
२०८१ बैशाख २३ आईतवार



हरियाणा स्पोर्ट्स क्लबलाई प्रधानमन्त्री कप उपाधि

खेलकुद |


हरियाणा स्पोर्ट्स क्लबलाई प्रधानमन्त्री कप उपाधि


काठमाडौँ, चैत १४ गते । भारतको हरियाणा स्पोर्टस् क्लब आठौँ संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।नेपालगन्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हरायो । उपाधिसँगै हरियाणाले पाँच लाख रुपियाँ र दोस्रो भएको पुलिसले दुई लाख ५० हजार रुपियाँ पुृरस्कार पायो । तेस्रो स्थानको लागि भएको भिडन्तमा न्यु डायमन्ड स्पोर्ट्स क्लब माथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भयो । आर्मीले एक लाख र चौथो भएको न्यु डायमन्डले ५० हजार रुपियाँ पुरस्कार पायो ।

प्रतियोगिातमा सर्वोत्कृष्ट खेलाडी हरियाणाकी निर्मल हुनुभयो । उहाँले २५ हजार रुपियाँ पाउनुभयो । यसैगरी उत्कृष्ट स्पाइकर आर्मीकी शान्ति कुमारी थारु, सेटर हरियाणकी रुक्सना, ब्लकर हरियाणाकी न्यान्सी, सर्भर पुलिसकी कमला पुन, लिबेरो पुलिसकी शान्तिकला तामाङ र प्रशिक्षक पुलिसका रुपेश विष्ट हुनुभयो ।

उत्कृष्ट सबैले जनही पाँच हजार रुपियाँ पुरस्कार पाउनुृभयो । प्रतियोगितामा नेपालका चार र भारतका दुईसहित ६ टोलीको सहभागिता रहेको थियो । विजेतालाई मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ, नेपालगन्ज उप महानगरपालिकाका मेयर धवल शम्सेर राणालगायतले पुरस्कार प्रदान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?