logo
२०८१ बैशाख २३ आईतवार



सूर्य नेपाल वेस्टर्न अ‍ोपन पोखरामा

खेलकुद |


सूर्य नेपाल वेस्टर्न अ‍ोपन पोखरामा


काठमाडौँ, चैत १५ गते । सूर्य नेपाल गल्फ टुरको पाँचौँ स्पर्धा वेस्टर्न अ‍ोपन गल्फ च्याम्पियनसिप बुधबारदेखि पार ६९ को हिमालयन गल्फ कोर्स पोखरामा सुरु हुँदैछ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजनामा हुने ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता अन्तर्गत शनिबार छुट्टै प्रोएस स्पर्धा हुनेछ ।

नेपालभरका व्यावसायिक गल्फरले माछापूच्छ्रे शिखरको काखमा रहेको मनमोहक हिमालयन गल्फ कोर्समा प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । ‘यस प्रतियोगितालाई हामीले महोत्सवको रुपमा लिएका छौँ । देशभरका खेलाडीले पोखरा पुगेर शाहसिक कोर्सको मजा लिनेछन्,’ श्रेष्ठले भन्नुभयो ।

कूल सात लाख ७५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा व्यावसायिकतर्फको विजेताले एक लाख ३५ हजार, दोस्रो हुनेले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने एसोसिएसनका महासचिव दीपक आचार्यले बताउनुभयो । प्रतियोगिातमा शीर्ष २१ जना व्यावसायिक खेलाडीले पनि आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिातमा भुवन नगरकोटी, संजय लामा, धनबहादुर थापा र रामे मगरलाई उपाधि दावेदारको रुपमा लिईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?