logo
२०८१ बैशाख २४ सोमवार



वेस्टर्न अ‍ोपन गल्फमा सुवासको अग्रता

खेलकुद |


वेस्टर्न अ‍ोपन गल्फमा सुवासको अग्रता


काठमाडौँ, चैत १६ गते । सूर्य नेपाल गल्फ टुर अन्तर्गत वेस्टर्न अ‍ोपनको पहिलो दिन एमेच्योर गल्फर सुवास तामाङले अग्रता लिनुभएको छ । पोखरा स्थित पार ६८ को हिमालयन गल्फ कोर्समा बुधबार सुवासले दुई अन्डर ६६ खेल्नुभयो । १३औँ सागमा दोहोरो स्वर्ण विजेता सुवासले दोस्रो स्थानमा रहनुभएका ब्यावसायिक गल्फर जयराम श्रेष्ठलाई दुई स्ट्रोकले पछि पार्नुभएको छ ।

जयरामको इभनपार ६८ स्कोर छ । स्थानीय एमेच्योर अजित विक र व्यावसायिक गल्फर रमेश अधिकारी एक अ‍ोभर ६९ स्कोरसाथ संयुक्त तेस्रो स्थानमा हुनुहुन्छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजनामा सञ्चालित ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत शनिबार छुट्टै प्रोएस स्पर्धा हुनेछ ।

कूल सात लाख ७५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा व्यावसायिकतर्फको विजेताले एक लाख ३५ हजार, दोस्रो हुनेले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिातमा शीर्ष २१ जना व्यावसायिक खेलाडीले पनि आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?