logo
२०८१ बैशाख २३ आईतवार



प्रशिक्षकलाई क्षमता अभिबृद्धि तालिम

खेलकुद |


प्रशिक्षकलाई क्षमता अभिबृद्धि तालिम


काठमाडौँ, चैत १६ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागद्वारा आयोजित क्षमता अभिबृद्धि तालिमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बुधबार एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । तालिममा विभिन्न खेलका ३७ प्रशिक्षकको सहभागिता रहेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले जानकारी दिनुभयो ।

सहभागीलाई भारतका दुई विज्ञले सहभागीलाई प्रशिक्षण दिने छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले सहभागीले तालिमबाट महत्वपूर्ण उपलब्धी प्राप्त गर्ने विश्वसा व्यक्त गर्नुभयो । उहाँले सातै प्रदेशमा यस प्रकारको तालिम आयोजना गर्नु पर्ने पनि बताउनुभयो ।

राखेप उपाध्यक्ष शिव कोइराला, खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राखेपका निमित्त सदस्य सचिव कुलबहादुर थापाले तालिमबाट अधित्तम लाभ लिन सुझावदै आफूले सिकेका कुरा अरुलाई सिकाएर व्यवहारमा उतार्नु पर्ने बताउनुभयो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी तालिम चैत २१ गते सम्पन्न हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?