logo
२०८१ बैशाख २३ आईतवार



गल्फमा सुवासको अग्रता कायमै

खेलकुद |


गल्फमा सुवासको अग्रता कायमै


काठमाडौँ, १७ चैत । सूर्य नेपाल गल्फ टुर अन्तर्गत वेस्टर्न अ‍ोपनको दोस्रो दिन पनि एमेच्योर गल्फर सुवास तामाङले अग्रता कायम राख्नुभएको छ । पोखरा स्थित पार ६८ को हिमालयन गल्फ कोर्समा बिहीबार सुवासले एक ओभर ६९ खेल्नुभयो । १३औँ सागमा दोहोरो स्वर्ण विजेता सुवासको कूल एक अन्डर एक सय ३५ स्कोर छ ।

इभनपार एक सय ३६ स्कोरका साथ ब्यावसायिक गल्फर जयराम श्रेष्ठ दोस्रो स्थानमा उक्लिनु भएको छ । बिहीबार जयरामले इभनपार ६८ खेल्नुभयो । चार ओभर एक सय ४० स्कोरका साथ धनबहादुर थापा तेस्रो तथा एक सय ४१ स्कोरका साथ सन्जय लामा र निरज तामाङ संयुक्त चौथो स्थानमा हुनुहुन्छ । ३६ होलमो समाप्तिसँगै कूल एक सय ६४ सम्म स्कोर खेल्ने खेलाडी फाइनल चरणमा प्रवेश गर्नुभएको छ । फाइनल खेल शुक्रबार हुनेछ । प्रतियोगिता अन्तर्गत शनिबार छुट्टै प्रोएस स्पर्धा हुनेछ ।

कूल सात लाख ७५ हजार रुपियाँ पुरस्कार राशी रहेको प्रतियोगितामा व्यावसायिकतर्फको विजेताले एक लाख ३५ हजार, दोस्रो हुनेले ८८ हजार र तेस्रो हुनेले ६५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिातमा शीर्ष २१ जना व्यावसायिक खेलाडीले पनि आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन् । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?