logo
२०८१ बैशाख २३ आईतवार



बक्सिङ टोली थाइल्यान्ड जाने

खेलकुद |


बक्सिङ टोली थाइल्यान्ड जाने


काठमाडौँ, चैत १७ गते । थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गर्दैछ । अप्रिल १ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्र थापा मगरले ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नुहुनेछ । महिला ४८ केजीमा सुष्मा तामाङ, ५१ केजीमा १३औँ सागकी स्वर्णधारी मिनु गुरुङ, ५४ केजीमा चन्द्रकला थापा र ६० केजीमा पुनम रावल रहनुभएको छ ।

प्रशिक्षकमा प्रकाश थापामगर तथा निर्णायकमा आईबा वान स्टार रेफ्री/जज धनकुमार मैनाली हुनुहुन्छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला, राखेपका निमित्त सदस्य सचिव कुलबहादुर थापालगायतले बिहीबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?