logo
२०८१ बैशाख २३ आईतवार



बैंक अफ बरोडालाई टेबलटेनिसमा दोस्रो स्वर्ण

खेलकुद |


बैंक अफ बरोडालाई टेबलटेनिसमा दोस्रो स्वर्ण


काठमाडौँ, चैत १७ गते । भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ । बरोडाले फाइनलमा भारतकै अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३–१ ले हरायो ।

यसअघि बरोडाले महिला टिम इभेन्टमा पनि स्वर्ण जितेको थियो । नेपाल प्रहरी क्लब र एजीए ‘बी’ ले तेस्रो स्थानमा चित्त बुझाए । प्रतियोगिताको दोस्रो दिनको समाप्तिमा तीन स्वर्णको टुंगो लाग्दा बरोडाले दुई स्वर्ण हात पारेको छ । बाँकी एक स्वर्ण भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङ, नेपालका राजन सुब्बाले जित्नुभएको छ ।

प्रतियोगिताअन्तर्गत महिला सिंगल्समा एजीएका फिल्जा फतिमा काद्री, भूमिका कौशिक, त्रिशा पौल र जिया जैन, बरोडाका इशा जोशी र सेन्होरा डिसुजा तथा गाजियाबाद, भारतका अभनी त्रिपाठी र तनिशा मोलानीले क्वार्टरफाइनलमा स्थान बनाउनुभयो । 

पुरुष सिंगल्समा आर्मीका दीप साउन, एपीएफका श्यान्टु श्रेष्ठ, प्रहरीका प्रदीप रोका, इन्डियन मास्टर्सका हीरा गोस्वामी, साविक विजेता एजीएका आदर्श ओम क्षेत्री, गाजियाबादका कनभ कौसिक, भर्चुएस, भारतका सोर्नेन्दु चौधरी, एपीएफका विलोश श्रेष्ठ, आर्मीका कृष्ण थापा मगर, बरोडाका नितिन, जेकेबी, भारतका सार्थ मिश्र, प्रहरीका विनेश खनियाँ, एपीएफका रुविन महर्जन, इन्डियन मास्टरका अक्सद भाटिया र एपीएफका संयोग कपाली प्रिक्वार्टरफाइनलमा पुग्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?