logo
२०८१ बैशाख २३ आईतवार



धरानमा अन्तर वडास्तरिय फुट्सल रनिङ्ग टुर्नामेन्ट हुने

खेलकुद |


धरानमा अन्तर वडास्तरिय फुट्सल रनिङ्ग टुर्नामेन्ट हुने


निशा राई
धरान, चैत १८ गते । धरानमा चैत २० गतेदेखि २५ गतेसम्म अन्तर वडास्तरिय फुटसल रनिङ टुर्नामेन्ट हुनेभएको छ । स्वास्थ्यका खेलकुद राष्ट्रका लागि खेलकुद नाराकासाथ अन्तर वडास्तरिय फुटसल टुर्नामेन्टमा धरानको २० वटा वडा सहभागी हुने आयोजक मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राईले बताउनुभयो ।

स्वास्थ्य र खेलकूदसम्बन्धी शिक्षा प्रदान गरी खेलकुदमा युवालाई प्रवेश गराउने मुख्य उद्देश्य लिई शिक्षित र स्वस्थ समाजको निर्माणमा खेलकुदले अमूल्य योगदान दिने अध्यक्ष राईले बताउनुुभयो ।

विजेता टिमले उपाधिसहित नगद ५० हजार रुपियाँ पाउने आयोजके बताएको छ । आयोजककाअनुसार उपविजेता टिमले नगद २५ हजार रुपियाँ पाउनेछ । यस्तै, प्रतियोगिताको वेष्ट प्लेयर, वेष्ट गोलकिपर, उदयीमान खेलाडी र हाई स्कोरर खेलाडिलाई पनि जनही १५ हजार नगद र स्पोर्ट सुज पुरस्कार दिइने उहाँले बताउनुभयो । फेयर प्ले टिमलाई पाँच हजार नगद पुरस्कार दिइने मितेरी फुट्सलका सञ्चालक राईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?