logo
२०८१ बैशाख २१ शुक्रवार



दमक गोल्डकप उपाधी मनाङ मस्र्याङ्दीलाई

खेलकुद |


दमक गोल्डकप उपाधी मनाङ मस्र्याङ्दीलाई


बिष्णुप्रसाद पोखरेल
दमक, चैत १८ गते । गत चैत ९ गतेदेखि दमकमा जारी दमक गोल्ड कपको उपाधी मनाङ मस्र्याङदीले हात पारेको छ । शुक्रबार दमक ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लव काठमडौंलाई २–० गोल अन्तरले हराउँदै मनाङ मस्र्याङदीले उपाधी जितेको हो ।

फाइनल खेलमा मनाङका लागि अफिज ओलावलले र शिशिर लेखीले गोल गर्नुभयो । खेलको ५९ औँ मिनेटमा ओलावललेले मनाङका लागि पहिलो गोल गर्नुभयो । ६७ औँ मिनेटमा लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जित निश्चित गर्नुभयो । फाइनल खेलको म्यान अफ दि म्याच विजयी टोलीका मौसा घोषित हुनुभयो ।

अघिल्लो दमक गोल्डकपमा मनाङ मस्र्याङदीलाई हराउँदै नेपाल पुलिसले दमक गोल्डकप जितेको थियो । अघिल्लो गोल्डकपमा उपविजेता बनेको मनाङ मस्र्याङदीले यो पटक नेपाल पुलिसलाई हराउँदै अघिल्लो पटकको बदला लिएको छ । दमक नगरपालिका दमक नगर खेलकुद विकास समितिको आयोजनामा गोल्डकप भएको हो ।

पुर्व सभामुख एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले बिजेतालाई पुरस्कार प्रदान गर्नुभयो । गोल्डकप विजेता मनाङ मस्र्याङदीले उपाधी जित्दै १३ लाख ११ हजार रुपियाँ राशीको पुरस्कार र उपविजेता बनेको नेपाल पुलिस क्लवले ६ लाख ११ हजार राशीको पुरस्कार प्राप्त गरेको छ ।

खेल अवधिभरमा उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डरमा नेपाल पुलिस क्लबका अञ्जान राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट फर्वाड पुलिसका नीरकुमार राई, उत्कृष्ट गोलकर्ता मनाङका अफिज ओलावाले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ भई जनही नगद २१ हजार रुपियाँ प्रदान गरिएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन उपरकोटी बन्नुभएको छ । उहाँले टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गर्नुभयो । प्रतियोगितामा उदयीमान खेलाडी आयोजक दमक–११ का राहुल लिम्बुलाई घोषणा गरिएको छ । उहाँलाई माउन्टेनबाइक प्रदान गरिएको छ ।

दमक गोल्डकपमा आयोजक दमक ११, त्रिभूवन आर्मी क्लव काठमाडौ, मछिन्द्र क्लव काठमाडौ, नेपाल पुलिस क्लव काठमाडौ, मनाङ मर्याङदी क्लव काठमाडौ, फ्रेण्ड्स क्लव काठमाडौ, बागमती यूवा फूटबल क्लव सर्लाही, एमिमियर फुटबल क्लव क्यामरुङ अफ्रिका, मानेभञ्ज्याङ फूटबल क्लब दार्जिलिङ भारत र दुर्गापुर स्टिल क्लव कलकत्ता भारत सहभागी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?