logo
२०८१ बैशाख २१ शुक्रवार



१७औँ राष्ट्रिय तेक्वान्दो : रन्जित र हेमन्त फाइनलमा

खेलकुद |


१७औँ राष्ट्रिय तेक्वान्दो : रन्जित र हेमन्त फाइनलमा


काठमाडौँ, चैत १८ गते । बागमती प्रदेशका रन्जित साउद र गण्डकी प्रदेशका हेमन्त गुरुङ १७औँ राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुषको ६८ केजीमुनि फाइनलमा प्रवेश गर्नुभएको छ।सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार देखि सुरु भएको प्रतियोगिताको सेमिफाइनलमा रन्जितले एपीएफ क्लबका विक्रान्त डंगोल र हेमन्तले मधेश प्रदेशका अर्वाज हुसैनलाई पराजित गर्नुभयो ।

सिनियर पुरुषकै ५४ केजीमुनि सुदूरपश्चिम प्रदेशका सिमित विष्ट र श्रृजन श्रेष्ठ, ५८ केजीमुनि लुम्बिनी प्रदेशका नवराज बस्नेत र बाग्मतीका एलिश ठकुरी तथा ६३ केजीमुनि सुदूरपश्चिमका साहिल सुनार र बाग्मतीका सुवासचन्द्र बोहरा फाइनलमा प्रवेश गर्नुभएको छ ।

सिनियर महिलाको ४६ केजीमुनि लुम्बिनीकी अस्मिता चन्द र बाग्मतीकी सदिक्षा कार्की, ४९ केजीमुनि बाग्मतीकी अन्जली तामाङ र एपीएफकी गीता विष्ट, ६७ केजीमुनि लुम्बिनीकी श्रृष्टि मगर र नेपाल प्रहरीकी सुस्मिता मोक्तान, ६२ केजीमुनि प्रहरीकी इन्दिरा बस्नेत र सुदूरपश्चिमकी आरती मगर, ५७ केजीमुनि सुदूरपश्चिमकी रोशनी बराल र प्रहरीकी सुस्मा श्रेष्ठ, ७३ केजीमुनि सुदूरपश्चिमकी द्रोपदी भट्ट र बाग्मतीकी सियारन गुरुङ तथा ७३ केजीमाथि बाग्मतीकी सुप्रिया गुरुङ र कर्णालीकी इला खत्रीले फाइनल स्थान बनाउनुभयो ।

यसैगरी जुनियर महिलाको ४४ केजीमुनि सुदूरपश्चिमकी सुप्रिमा बजगाईं र प्रदेश १ की रेस्मा भुजेल, ४९ केजीमुनि लुम्बिनीकी दीपशिखा रानाभाट र बाग्मतीकी स्वस्तिका महर्जन, ५५ केजीमुनि लुम्बिनीकी रितु राणा र सुदूरपश्चिमकी गीता कथायत, ६३ केजीमुनि लुम्बिनीकी मन्ता रिजाल र कर्णाली पूजा गहा तथा ६८ केजीमुनि बाग्मतीकी शुभाङ्गी श्रेष्ठ र सुदूरपश्चिमकी अन्जली चौधरीले फाइनलमा स्थान सुरक्षित गर्नुभएको छ ।

दुई दिने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का बोर्ड तथा कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । प्रतियोगिताको सिनियरमा १६ र जुनियरमा १० गरी २६ स्पर्धामा प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक राम गिरीले जानकारी दिनुभयो । प्रतियोगितामा दुई सय ३७ खेलाडी सहभागी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?