logo
२०८१ बैशाख २१ शुक्रवार



भेट्रान ४० वर्षमाथि चन्दनलाई स्वर्ण

खेलकुद |


भेट्रान ४० वर्षमाथि चन्दनलाई स्वर्ण


काठमाडौँ, चैत १८ गते । एनिज पिङपोङ क्लब नेपालका चन्दन शाहीले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा शुक्रबार स्वर्ण पदक जित्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा चन्दनले इन्डियन मास्टर भारतका हीरा गोस्वामीलाई ८–११, ११–६, ११–८ र ११–९ को सेटमा पराजित गर्नुभयो । एनिजका रक्तचन्द्र मानन्धर र ललितपुरका निकेनमान प्रधान तेस्रो हुनुभयो ।

विभिन्न ६ स्पर्धा समावेश प्रतियोगितामा ४ स्पर्धाको फाइनल सम्पन्न भइसकेको छ । बैंक अफ बरोडा, भारतले पुरुष/महिला टिम इभेन्टमा स्वर्ण जितेको छ भने चन्दनसहित एनिजका राजन सुब्बाले भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण हात पार्नुभएको छ । पुरुष/महिला सिंगल्सको फाइनल प्रतियोगिताको अन्तिम दिन शनिबार हुनेछ ।

प्रतियोगिताको पुरुष सिंगल्समा नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र भर्चुएस, भारतका स्वार्नेन्दु चौधरी फाइनलमा प्रवेश गर्नुभयो । श्यान्टुले बरोडाका श्रीकृष्ण अरुणाचलमलाई ११–९, १२–१४, ११–८, ११–६, ९–११, ११–६ तथा स्वार्नेन्दुले बरोडाका नितिनलाई ११–७, ११–८, ११–९, ११–१३, ११–८ को सेटमा हराउनुभयो ।

महिला सिंगल्सको सेमिफाइनलमा एजीएकी त्रिशा पौलले गाजियाबाद, भारतकी तनिशा मोलानीलाई ११–९, ११–५, ८–११, ११–९, ११–२ तथा गाजियाबादकी अभानी त्रिपाठीले एजीएकी फिल्जाह फतिमालाई ४–११, १५–१३, २–११, १३–११, ११–९, ७–११, ११–९ को सेटमा पाखा लगाउदै फाइनल भेट पक्का गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?