logo
२०८१ बैशाख २१ शुक्रवार



सुदूरपश्चिम स्पोर्ट्स अवार्डको खेलाडी मनोनयन सार्वजनिक

खेलकुद |


सुदूरपश्चिम स्पोर्ट्स अवार्डको खेलाडी मनोनयन सार्वजनिक


कैलाली, चैत १९ गते । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ को बर्ष खेलाडीको मनोनयन सार्वजनिक भएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजन रहेको एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको बर्ष पुरुष खेलाडी र बर्ष महिला खेलाडीको मनोनयन सार्वजनिक गरिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना हुने अवार्डको बर्ष पुरुष खेलाडीको मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टेकेन्द्र थापा पर्नुभएको छ । महिलातर्फ भलिबलकी सरस्वती चौधरी, एथलेटिक्सकी राजपुरा पछाई र फुटबलकी उषा नाथ मनोनयनमा पर्नुभएको छ ।

विभिन्न आठ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको आयोजकले जनाएको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई अवार्ड सहित २५÷२५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ । सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई २० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताईएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?