logo
२०८१ बैशाख २१ शुक्रवार



टेबलटेनिसमा श्यान्टु र त्रिशा च्याम्पियन

खेलकुद |


टेबलटेनिसमा श्यान्टु र त्रिशा च्याम्पियन


काठमाडौँ, चैत १९ गते । नेपाल प्रहरी क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बन्नुभएको छ । सिंगल्सको पुरुषमा श्यान्टु तथा महिलामा त्रिशा च्याम्पियन बन्नुभएको हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा श्यान्टुले भर्चुएस, भारतका स्वार्नेन्दु चौधरीलाई ६–११, ११–३, ११–९, १३–११, ११–४ को सेटमा हराउनुभयो । बैंक अफ बरोडा, भारतका नितिन र श्रीकृष्ण अरुणचलम तेश्रो हुनुभयो ।

प्रतियोगिताको महिला सिंगल्स फाइनलमा त्रिशाले गाजियाबाद, भारतकी अभानी त्रिपाठीलाई ११–७, ११–९, ८–११, ११–६, ११–५ को सेटमा हराउनुभयो । गाजियाबादकी तनिशा मोलानी र एजीएकी फिल्जाह फतिमा तेश्रो हुनुभयो । पुरुष/महिला दुवैमा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०/१० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

विभिन्न ६ स्पर्धा समावेश प्रतियोगितामा नेपाली तथा भारतीय टोली समान तीन स्वर्ण जितेको छ। भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा एनिज पिङपोङ क्लब नेपालका चन्दन शाही तथा ५५ वर्षमाथि एनिजकै राजन सुब्बाले स्वर्ण जित्नुभयो । बैंक अफ बरोडाले पुरुष÷महिला दुवैको टिम इभेन्टमा पहिलो स्थान हात पार्न सफल भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?