logo
२०८१ बैशाख २१ शुक्रवार



धरान मेघा रेवाहाङ बास्केटबलको उपाधि मेघा स्कुललाई

खेलकुद |


धरान मेघा रेवाहाङ बास्केटबलको उपाधि मेघा स्कुललाई


निशा राई
धरान, चैत २० गते । धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ । धरान मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा स्कुलले जितेको छ ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख अातिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । धरान १२ स्थित मेघा हिमालयन कलेजमा भएको स्वर्गीय उदयमान बास्केटबल खेलाडि रेवाहाङ राईको स्मृतिमा धरान मेघा हिमालयन कलेज र धरान बास्केटवल सङ्घको संयोजनमा आायोजना भएको थियो ।

फाइनल खेलमा एम्स एकेडेमीलाई ४८–३० अङ्कको फराकिलो अन्तरले पराजित गर्दै धरान मेघा स्कुलले उपाधि जितेको हो । धरान मेघा स्कुलले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वाटरमा क्रमशः ८, १४, १४, १२ स्कोर गरेको थियो भने एम्स एकेडेमिले ४, ६, ५, १५ स्कोर गरेको थियो ।

विजयी टोलीलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नगद पन्ध्र हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । उपविजेतालाई नगद सात हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी धरान मेघा कलेजका योगेश राईले नगद एक हजार ५ सय रुपियाँ, ट्रफि, प्रमाणपत्र र कफि पव फुड भौचर, प्रतियोगिताका अवधिभर व्यक्तिगत ५९ अङ्क जोड्दै हाइ स्कोररको पुरस्कार सियोन स्कुलका साहिल तामाङले नगद एक हजार रुपियाँ, ट्रफी, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

उदीयमान खेलाडीको पुरस्कार सियोन स्कुलका पारुहाङ राईले ट्रफी, कफी पब फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री राईले बास्केटबल खेल संसारभर लोकप्रिय खेल भएको तर नेपालमा धैरै प्रगति नहुनुका बाबजुद रेवाहाङ्गको सम्झनामा भएको यस खेलले नेपाललाई थोरै भए पनि अगाडि बढाउन मद्दत गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?