logo
२०८१ बैशाख २५ मंगलवार



नेकोस गण्डकीमा विष्णु पुन निर्वाचित

खेलकुद |


नेकोस गण्डकीमा विष्णु पुन निर्वाचित


काठमाडौँ, चैत २१ गते । नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी प्रदेश कमिटीको अध्यक्षमा विष्णु पुन निर्विरोध निर्वाचित हुनुभएको छ । पोखरामा सम्पन्न प्रथम अधिवेशनले पुनको अध्यक्षतामा ७५ सदस्यीय प्रदेश कमिटीको चयन गरेको हो । आइतबार सम्पन्नदुईदिने अधिवेशनले दिपेन्द्र पौडेल र साधना पन्तलाई उपाध्यक्षमा निर्वाचित गरेको छ ।

यसैगरी शिव अधिकारी सचिव तथा सुजन आचार्य र बोधराज गिरि सहसचिव र तोरण बानियाँ कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएसँगै महासंघले आफू मातहतका सातवटै प्रदेश र उपत्यका विशेष प्रदेश कमिटीमा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको छ ।

गत फागुन २८ गते संयुक्त भेला मार्फत २७ वटा घटक राष्ट्रिय खेल संघको गठन गरेको महासंघले जिल्ला तथा पालिका तहको कमिटी निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ । नवनिर्वाचित कमिटीलाई महासंघका केन्द्रिय संयोजक कृष्ण बस्नेत(पर्शुराम) ले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?