logo
२०८१ बैशाख २१ शुक्रवार



राष्ट्रिय कुस्ती प्रतियोगिता : पुलिस, सेना, बागमती र सुदूरपश्चिमलाई एक/एक स्वर्ण

खेलकुद |


राष्ट्रिय कुस्ती प्रतियोगिता : पुलिस, सेना, बागमती र सुदूरपश्चिमलाई एक/एक स्वर्ण


सिराज खान
नेपालगञ्ज, चैत २६ गते । राष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगतामा नेपाल पुलिस क्लब, नेपाली सेना, बागमती र सुदूरपश्चिम प्रदेशले एक/एक स्वर्ण प्राप्त गरेका छन् ।

बाँकेको डुडुवा गाउँपालिकाको बनकट्टीमा सम्पन्न भएको राष्ट्रिय महिला तथा पुरुष कुस्ति प्रतियोगतामा चार तौल समूहको खेल भएको थियो । सो खेलमा पुलिस, सेना, बागमती र सुदूरपश्चिमले एक–एक स्वर्ण पदक प्राप्त गरेका थिए भने तीन वटा रजत पदक लुम्बिनी प्रदेशले प्राप्त गरेको थियो ।

कुस्तिका प्रमुख राष्ट्रिय प्रशिक्षक मुमताज सिद्दिकीका अनुसार महिलाको ५५ केजी तौल समूहमा सुदूरपश्चिम प्रदेशकी मनीषा शाहले स्वर्ण, लुम्बिनी प्रदेशकी सृजना चन्दले रजत, नेपाली सेनाकी लक्ष्मी तामाङ र मधेश प्रदेशकी लक्ष्मी मण्डलले कास्य पदक प्राप्त गर्नुभयो ।

यस्तै, महिलाकै ६५ केजी तौल समूहमा नेपाली सेनाकी सुशिला चन्दले स्वर्ण, नेपाल पुलिसकी लक्ष्मी भट्टले रजत, सुदूरपश्चिमकी विमला सुनार र मधेश प्रदेशकी गीता मण्डलले कास्य पदक प्राप्त गर्नुभयो ।

सोही प्रकारले पुरुषहरुको ७४ केजी तौल समूहमा नेपाल पुलिसका गंगाराम चमारले स्वर्ण, लुम्बिनी प्रदेशका फजिल रावत गद्दीले रजत, कर्णाली प्रदेशका श्रवण कुमार कौशल र गण्डकी प्रदेशका ओम नारायणले कास्य पदक प्राप्त गर्नुभयो ।

यस्तै, पुरुषहरुको ८६ केजी तौल समूहमा बागमती प्रदेशका आदित्यराज यादवले स्वर्ण, लुम्बिनी प्रदेशका मुनेश्वर यादवले रजत, नेपाल पुलिसका दीपेश रावत कंकर र सुदूरपश्चिमका कृष्ण यादवले कास्य पदक प्राप्त गर्नुभयो ।

डुडुवा गाउँपालिका र बाँके जिल्ला कुस्ति संघको आयोजनामा भएको सो राष्ट्रिय कुस्ती प्रतियोगितामा सात वटा प्रदेश र नेपाल पुलिस क्लब तथा त्रिभुवन आर्मी क्लब गरेर नौ वटा टोलीको सहभागिता थियो ।

पदक विजेताहरुलाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले पदक, प्रमाणपत्र तथा नगद प्रदान गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?