logo
२०८१ बैशाख २१ शुक्रवार



खेलकुदले स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्दछ : अध्यक्ष प्रचण्ड

खेलकुद |


खेलकुदले स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्दछ : अध्यक्ष प्रचण्ड


शालिग्राम नेपाल
चितवन, चैत २६ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदले स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने बताउनुभएको छ ।

शनिबार विहान नारायणगढमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथनको उद्घाटन गर्दै उहाँले खुलकुदका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । खेलकुदमध्य साइक्लिङ एउटा महत्वपूर्ण पक्ष भएकाले यसलाई आफ्नो जीवनमा लागू गर्न सके स्वस्थ्य र पर्यावरण रक्षाको लागि महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले साइक्लिङ प्रतियोगिताले साइकल प्रयोगलाई प्रोत्साहन गर्ने भएकाले आवश्यक रहेकोमा बताउनुभयो । पर्यावरण, खेलकुद र स्वास्थ्यका लागि विश्वले नै साइकललाई उत्कृष्ट साधनको रुपमा स्वीकारेको भन्दै यस प्रकारका साइक्लिङ प्रतियोगिता आयोजना गरिनु राम्रो भएको बताउनुभयो ।

उहाँले यस प्रतियोगिताले देशैभर स्वास्थ्य र पर्यावरणको संरक्षणमा राम्रो सन्देश जानेमा जोड दिनुभयो । प्रज्ञा स्मृति प्रतिष्ठान र बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । शुक्रबार चितवन आउनुभएका अध्यक्ष प्रचण्ड पार्टी प्रशिक्षणदेखि साना कार्यक्रममा सहभागी हुनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?