logo
२०८१ बैशाख २१ शुक्रवार



छैटाैं राष्ट्रिय पुरुष खो खो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी

खेलकुद |


छैटाैं राष्ट्रिय पुरुष खो खो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी
फाेटाे साैजन्य–राजेन्द्र अधिकारी


काठमाडौं, चैत २७ गते । छैठौं राष्ट्रिय पुरुष खो खो प्रतियोगिता त्रिभुवन आर्मी क्लब विजयी भएको छ । कीर्तिपुरस्थित कभर्ड हलमा नेपाल खो खो संघको आयोजनामा शनिबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा आर्मीले लुम्बिनी प्रदेशलाई झिनो अंक अन्तरले पराजित गरेको हो ।

लुम्बिनी प्रदेशले दिएको १८ अंकको चुनौतीलाई आर्मीले पछ्याउँदै १९ अंकले जित सुनिश्चित गरेको हो । यस्तै, सुदूरपश्चिम प्रदेशलाई हराएर बागमती प्रदेश तेश्रो भएको छ ।

विजयी सबै टोलीलाई प्रमुख अतिथि अनक कन्स्ट्रक्सनका अध्यक्ष श्रीराम महर्जनले ट्रफी तथा उज्ज्वल शिशु निकेतन एकेडमीका सहप्रधानाध्यापक ईश्वरमुनी बज्राचार्यले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
तीनदिनसम्म चलेको यस प्रतियोगितामा त्रिभुवन आर्मी, सशस्त्र प्रहरीसहित बागमती, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सहभागिता थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?