logo
२०८० चैत्र १६ शुक्रवार



बास्केटबल लिग जेठमा

खेलकुद |


बास्केटबल लिग जेठमा


काठमाडौँ, चैत २८ गते । नेपाल बास्केटबल लिग (एनबीएल) को तेस्रो संस्करण आगामी जेठ ७ गतेदेखि हुने भएको छ । नेपाल बास्केटबल लिग प्रालिले पुरुषको जेठ ७ गते र महिलाको जेठ १८ गतेबाट लिग सञ्चालन गर्न लागेको हो ।

लिगमा पुरुषतर्फ आठ र महिलामा पाँच टोलीको सहभागिता रहने लिगका संयोजक अरूण कार्कीले जानकारी दिनुभयो । दुई महिला चल्लने लिगमा पुरुषतर्फ ५६ र मसिहलामा २० खेल हुनेछन् । लिगका खेलहरु होम एन्ड अवे प्रणालीका आधारमा हुने बताईएको छ ।

प्रतियोगितामा पुरुषतर्फको विजेताले दुई लाख र महिलातर्फको उपविजेताले एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी पुरुषतर्फको उपविजेतालाई एक लाख र महिलातर्फको उपविजेतालाई ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । लिगको उत्कृष्ट र उदयीमान खेलाडीले जनही १० हजार रुपियाँ हात पार्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?