logo
२०८१ बैशाख १४ शुक्रवार



नेपाल एसियन कप फुटसलबाट बाहिरियो

खेलकुद |


नेपाल एसियन कप फुटसलबाट बाहिरियो


काठमाडौँ, चैत २८ गते । नेपाल एएफसी फुटसल एसियन कप छनोटबाट बाहिरिएको छ । कीर्गिस्तानमा जारी छनोट खेलमा लगातार दोस्रो हार खेपेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
एसियाली छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल सोमबार ताजिकिस्तानसँग ११–१ गोलले पराजित भयो ।

यसअघि पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोलले पराजित भएको थियो । अब समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार अफगानिस्तानसँग खेल्नेछ । यस खेल नेपालका लागि प्रतिष्ठाको लडाई मात्र हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?