logo
२०८० चैत्र १६ शुक्रवार



प्रियान्शुको विजयी सुरुवात

खेलकुद |


प्रियान्शुको विजयी सुरुवात


काठमाडौँ, चैत २८ गते । प्रियान्शुसिंह क्षेत्रीले योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको यू–१९ पुरुष सिंगल्समा सोमबार विजयी सुरुवात गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा प्रियान्शुले अदिश कार्कीलाई २१–१२, २१–१६ को सोझो सेटमा हराउनुभयो ।

सोही स्पर्धामा हिमाल चन्दले रिसभ राईलाई २१–४, २१–९, अनिल मल्लले दिपन गायकलाई २१–१३, २१–१३, राज बर्माले सुमित ठोकरलाई २१–१५, २१–४, सन्तोष पनेरुले सुनिल कार्कीलाई २६–२४, २१–१०, रोहित बरालले दिपम वज्राचार्यलाई २१–११, २१–१९, साहिल चन्दले आरुष सिम्खडालाई २१–६, २१–१०, ऋषिकेश राईले प्रकाश अधिकारीलाई २१–१५, २१–१८ तथा निखिल भट्टले स्वयं मानन्धरलाई २१–१६, २१–१२ को सेटमा हराउनुभयो । जितसँगै सबै खेलाडी प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको पुरुष सिंगल्समा दीपेश धामीले दीपेन्द्र कार्कीलाई २१–६, २१–१०, जीवन आचार्यले बविश थापालाई २१–४, २१–७, प्रवीण लिङथेबले दिपम वज्राचार्यलाई २१–११, २१–८, विष्णु कटुवालले सुमन लिम्बूलाई २१–८, २१–१५ तथा नवीन श्रेष्ठले देवराज राणालाई २१–८, २१–१५ को सोझो सेटमा पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्नुभएको छ ।

बैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ सय ७२ खेलाडीको सहभागिता रहेको छ । विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिताको पुरुष÷महिला सिंगल्स विजेताले १ लाख १५ हजार, उपविजेताले ५५ हजार र तेश्रोले १५÷१५ हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?