logo
२०८० चैत्र १६ शुक्रवार



अफगानिस्तानसँग नेपालको फराकिलो हार

खेलकुद |


अफगानिस्तानसँग नेपालको फराकिलो हार


काठमाडौँ, चैत २९ गते । एएफसी फुटसल एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग फराकिलो हार खेपेको छ । किर्गिस्तानको विश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसँग ८–१ गोलले पराजित भयो ।

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल यस हारसँगै सबै खेलमा जितविहीन बनेको छ । अघिल्ला दुई खेलमा पराजय भोगेको नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग प्रतिष्ठाका लागि खेलेको थियो ।

यससँगै नेपाल अंक विहीन बन्दै घर फर्कने भएको छ । छनोट अन्तर्गत नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ गोलले पराजित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?