logo
२०८१ बैशाख १४ शुक्रवार



खेलाडीलाई प्रतिबन्धित औषधिबारे सचेतना

खेलकुद |


खेलाडीलाई प्रतिबन्धित औषधिबारे सचेतना
प्रतिबन्धित औषधी सेवन तथा विधि बिरूद्वको सचेतना कार्यक्रमका सहभागिहरु । तस्बिर : लोकेन्द्र जोशी ।


दार्चुला, चैत २९ गते । दार्चुला सदरमुकाम खलंगामा मंगलवार ‘खेलकुदमा प्रतिबन्धित औषधी सेवन तथा विधि बिरूद्वको सचेतना कार्यक्रम’ सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्रालय खेलकुद प्रबद्र्धन शाखाको आयोजनामा पहिलो पटक दार्चुलामा प्रतिबन्धित औषधी सेवन तथा विधि बिरूद्वको सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

सहसचिव लक्ष्मीप्रसाद भट्टको अध्यक्षतामा भावना सभाहलमा आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, उपसचिव शान्ति बहादुर बस्नेत लगायतले प्रतिबन्धित औषधीको सेवनले खेलाडीको जीवनमा पर्ने प्रभावबारे प्रकाश पार्दै यसले फेयर प्लेको भावनामा चोट पुग्ने बताउनुभयो । कुन–कुन औषधीहरु प्रतिबन्धित छन् ? झुक्किएर वा थाहाँ नपाएर त्यस्ता औषधी सेवन गर्दा पनि खेलाडी डोपिङमा पर्ने भएकाले सचेत हुन उनीहरुले खेलाडीलाई आग्रह गर्नुभएको छ ।

अन्तरक्रिया कार्यक्रममा दार्चुला जिल्लाका खेलाडीहरु, प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज जोशी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका वक्ताहरुले खेल क्षेत्रमा प्रतिबन्धित औषधि सेवनका असर र विधिहरु, यसका तत्कालिन तथा दीर्घकालिन प्रभावका बारेमा नीतिगत, कानूनी व्यवस्था, मन्त्रालयका प्रयास तथा आगामी दिनमा मन्त्रालयले चाल्नु पर्ने कदमको बारेमा विचारहरु प्रस्तुत गरेका थिए ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?