logo
२०८१ बैशाख ८ शनिवार



प्रिन्स र साजनकृष्ण क्वार्टरफाइनलमा

खेलकुद |


प्रिन्स र साजनकृष्ण क्वार्टरफाइनलमा


काठमाडौँ, चैत २९ गते । रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र नेपाल एपीएफ क्लबका साजनकृष्ण ताम्राकार योनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको खेलमा प्रिन्सले पाल्पाका सुरज तिमिल्सिनालाई २१–६, २१–९ तथा साजनले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१–१७, १२–२१, २१–१५ को सेटमा पराजित गर्नुभयो ।

अन्य खेलमा एपीएफका दीपेश धामीले १६ फेडर एकेडेमीका रोशन साउदलाई २१–१३, २१–१२, नेपाल प्रहरी क्लबका विष्णु कटुवालले प्रहरीकै पूर्णबहादुर थापालाई २१–१७, २१–१९, आर्मीका नवीन श्रेष्ठले कालिका बिसीका चक्र साउदलाई २१–४, २१–९, आर्मीका प्रफुल महर्जनले १६ फेडेर एकेडेमीका क्षितिज खनाललाई २१–१६, २१–१४ तथा कालिकाका सुदीप सेढाईंले कास्कीका विधान अधिकारीलाई २१–९, २१–१९ ले हराउदै क्वार्टरफाइनलमा स्थान बनाउनुभयो ।

महिला सिंगल्समा आर्मीकी प्रार्थना देउवाले एपीएफकी शोभा गौचनलाई २१–१६, २१–८, आर्मीकी अनुमाया राईले आर्मीकै रोज पाण्डेलाई २१–१५, २१–१३, एपीएफकी सुनैना मुखियाले कञ्चनपुरकी विस्ना विष्टलाई २१–११, २१–६, प्रहरीकी निता लम्सालले काठमाडौँ ब्याडमिन्टन एकेडेमी (केबीए) की एन्जल लिम्बूलाई २१–९, २१–५, एपीएफकी जेशिका गुरुङले कञ्चनपुरकी निलिमा महरालाई २१–७, २१–१० तथा आर्मीकी रशिला महर्जनले सर्लाहीकी निकिता लामालाई २१–६, २१–७ को सोझो सेटमा हराउँदै क्वार्टरफाइनलमा पुग्नुभएको छ ।

प्रतियोगिताको यू–१९ पुरुष सिंगल्समा आर्मीका हिमाल चन्द, सुर्खेतका अनिल मल्ल, आर्मीका सन्तोष पनेरु, कपिलवस्तुका रोहित बराल, आर्मीका निशान कटुवाल, सिल्क ग्रुपका नरेन्द्र बम, कैलालीका चन्द्रिका कथारिया र आर्मीका गोकुल जोरा क्वार्टरफाइनलमा पुग्नुभएको छ । सोही स्पर्धाको महिलामा पाल्पाकी सुष्मा बुढा, आर्मीकी प्रेक्षा राई, बुटवलकी प्रतिष्ठा अर्याल, कञ्चनपुरकी विस्ना विष्ट, आर्मीकी प्रार्थना देउवा, केबीएकी एन्जल लिम्बू र कञ्चनपुरकी निलिमा महराले आ–आफ्नो खेल जित्दै क्वार्टरफाइनलमा स्थान बनाउनुभयो ।

यू–१५ पुरुष सिंगल्समा सिल्क ग्रुपका कविर केसी, देवीनगर ब्याडमिन्टन क्लबका सक्षम ढकाल, स्पोर्ट्स हबका सुनिल कार्की, ललितपुरका सौर्य महर्जन, उदयपुरका रुमुहाङ राई, १६ फेडेर एकेडेमीका आरुष सिम्खडा, १६ फेडेर एकेडेमीका कृष नेपाल र एनआरएनका साहिल चन्द क्वार्टरफाइनलमा पुग्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?