logo
२०८० चैत्र १५ बिहीवार

   आर्थिक अवस्थाबारे प्रधानमन्त्रीको चासो   



नयाँ रणनीति र कार्यनीति अवलम्बन गर्न छलफल

मुख्य समाचार |


नयाँ रणनीति र कार्यनीति अवलम्बन गर्न छलफल


काठमाडौँ, फागुन २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे सम्बद्ध अधिकारीहरूसँग जानकारी लिनुभएको छ । प्रधानमन्त्री देउवाले सोमबार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरूसँग मुलुकका आर्थिक सूचकाङ्कको पछिल्लो स्थितिबारे जानकारी लिनुभएको हो ।

कोभिडपछि विश्वका सबै मुलुकको आर्थिक अवस्था सहज हुन नपाउँदै रुस र युक्रेनको द्वन्द्वले विश्वको अर्थतन्त्र झन् प्रभावित हुने देखिएको छ । विशेष गरी पेट्रोलियम पदार्थको मूल्य उतारचढावले मूल्य वृद्धि हुने र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पर्ने सङ्केत देखा परिरहेका छन् । कोभिडपछिको अवस्था र रुस–युक्रेन द्वन्द्वले नेपालमा पर्न सक्ने प्रभाव र नेपालले लिनुपर्ने नीति, रणनीतिबारे प्रधानमन्त्री देउवाले सम्बन्धित निकायका पदाधिकारीहरूसँग छलफल गर्नुभएको अर्थ मन्त्रालयका सचिव मधु मरासिनीले जानकारी दिनुभयो । अर्थसचिव मरासिनीले हालसम्मको पुँजीगत खर्चको अवस्था, राजस्व सङ्कलनको स्थिति, विदेशी मुद्राको सञ्चितिलगायतका विषयमा विवरण प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति कार्यान्वयन र बैङ्किङ तरलताको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।त्यसैगरी वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट चालू आर्थिक वर्षको हालसम्मको अवस्थामा व्यापार घाटाको स्थिति, अत्यावश्यक वस्तुको आयात तथा नेपालको निर्यातबारे प्रस्तुति गरिएको थियो । प्रधानमन्त्री देउवाको निजी सचिवालयका अनुसार विदेशी मुद्राको सञ्चिति बढाउन रेमिट्यान्सलाई बैङ्किङ प्रणालीमा ल्याउन थप नीतिगत व्यवस्था गर्ने, वैदेशिक लगानी भिœयाउन उचित वातावरण सिर्जना गर्ने, अत्यावश्यक वस्तुबाहेकका अरू वस्तु तथा सेवामा आयातलाई थप नियमन गर्ने विषयमा छलफल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?